arrow

भट्टराईले भने-‘अब जनतामा जानुपर्छ', प्रधानन्यायाधीशले प्रश्न गरे-‘अहिले त्यस्तो वातावरण छ र ?’

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं ।  संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमा सरकारी वकिलहरुले वहस गरिरहेका छन् ।आइतबार सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा गरेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे प्रश्न गरेका छन् ।

भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ र ?’ जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए।

त्यस्तै ओलीको कदमको पक्षमा बहस गर्न संवैधानिक इजलासमा आएका सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा अर्को प्रधानमन्त्री नियुक्त हुने संविधानले परिकल्पना नै नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ