arrow

फागुन ३ मा हुने विरोध प्रदर्शनलाई व्यापक बनाउन देउवाको आग्रह

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका विरुद्धको प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् ।

शनिवार संसद् विघटनको विरोधमा पार्टीका १८ शुभेच्छुक संस्थाले देशभर गरेको विरोध प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले ३ फागुनमा ७७ वटै जिल्लामा हुने प्रदर्शनलाई झनै व्यापक बनाउन भनेका हुन ।

‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।

‘पूर्व घोषणा अनुरूप फागुन ३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमितिहरूद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपिल गर्दछु ।’ देउवाले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ