arrow

भागरथी हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भागरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

विभागका सचिव लक्ष्मी खतिवडाले आइतबार विज्ञप्तिमार्फत उक्त घटनाको भर्त्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरबाही नगर्न आग्रह गरेकी छन् ।

 विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागका सदस्य राधिका सिंहलाई खटाएको छ ।
 
यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनको जङ्गलमा बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरि स्तब्ध बनाएको जनाउँदै विभागले भट्टको परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ