arrow

भागरथी हत्याको निष्पक्ष र वैज्ञानिक अनुसन्धान होस : विवेकशील साझा पार्टी

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
bibekshil-sajha-party-final.jpg

काठमाडौँ । बैतडीको दोगडाकेदार ७ मा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै ढिला नगरी घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।

‘हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

सो पार्टीले सो प्रकारका घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने विगत नदोहोरियोस् भन्नेतर्फ पनि सबैलाई सचेत गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ