arrow

'आफ्नो नेताको होइन, परिषद् बैठकमा भएका निर्णय मान्नुपर्छ'

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
ganesh-prasad-timilsina.jpg

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा नभई संविधानअनुसार तटस्थ हुनुपर्ने बताएका छन् । पर्वतको एक कर्यक्रममा अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताएका हुन् ।
 
संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताए । उनले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए । उनले भने, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा  विघटनका विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेकाले अदालतको निर्णय नै सर्वेसर्वा हुने बताए । उनले अदालतलाई प्रभावित पार्ने काम कसैले गर्न नुहने बताउँदै अदालतको फैसलाका आधारमा आगामी चुनाव हुने-नहुने टुङ्गो लाग्नेसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ