- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन लिन दवाव दिएको छ । चिनियाँ दूतावासले नेपाल सरकारलाई पत्र लेखेर प्रक्रियाहरु पूरा हुँदै जाने भन्दै अहिले तत्काल भ्याक्सिन लिनका लागि दवाव दिएको हो ।
उसले कानूनी प्रक्रियाहरुलाई थाँती राखेर पहिले भ्याक्सिन लिन दवाव दिएको हो । त्यसैगरी कोरोनाविरुद्ध लड्नका लागि नेपालीलाई सघाउन चाहेको भन्दै चीनले चिनियाँ उत्पादन सिनोफार्मको माग बढिरहेको भन्दै तत्काल नलिने हो भने नेपालले नपाउन पनि सक्ने भन्दै तत्काल लिनका लागि दवाव दिएको हो ।
भ्याक्सिन तत्काल नलिने हो भने अन्य व्यापारिक अर्डर अनुसार दिने भन्दै चीनले नेपालाई अहिले नै लिन दवावमा पारेको हो ।
उसले सिनोफार्मको भ्याक्सिन प्रभावकारी र सुरक्षित भएको दाबीसमेत गरेको छ ।
दूतावासले गत मंगलबार माघ २० गते (फेब्रुअरी २ तारिख) मा परराष्ट्र मन्त्रालयलाई उक्त पत्र लेखेको हो । उक्त पत्र औषधि व्यवस्था विभागलाई पनि पठाइएको छ ।
नेपालले हाल भारतले अनुदानमा दिएको १० लाख कोभिशिल्ड खोपको दोस्रो चरणमा खोप लगाइरहेको छ ।
चीनले पनि पाँच लाख अनुदानमा खोप दिने भनिरहेको छ ।