arrow

ओलीले संविधानलाई मृत्युदण्ड दिए: कृष्ण पहाडी

logo
युवराज रेग्मी
प्रकाशित २०७७ माघ २६ सोमबार
Krishna_pahadi1.jpg

झापा । मानव अधिकारकर्मी तथा नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम अलोकतान्त्रिक भएको बताएका छन् ।

गौरीगन्ज गाउँपालिकामा मधेसी नागरिक समाज गौरिगन्जले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले प्रधानमन्त्री ओलीले संसद र संविधान साथै नेकपाभित्रै आगो लगाएको जनाउँदै संसद विघटनको कदम असंवैधानिक भएको बताएका हुन् ।

पहाडीले देशका विभिन्न भाग र राजधानीमा जमात भेलागरि ओलीले किर्ते र हावादारी कुरा गर्दै हिडेको आरोप समेत लगाए ।

ओलीले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको बताउँदै मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीले नेपाली जनता शान्ति र लोकतन्त्रको पक्षमा रहेको र अहिंसा शब्द संविधानमा राख्न आनाकानी गर्दै ओलीले संविधानलाई मृत्युदण्ड दिएको बताए ।

ओली निर्दलीय व्यवस्थाको अवतार भएको बताउँदै मानव अधिकारकर्मी पहाडीले ०४७ सालको संविधानलाई ब्यूत्याई मुलुकलाई २०१७ सालतिर धकेल्न खोजेको ठोकुवा गरे । अर्को प्रसङ्गमा पहाडीले नागरिक बलिया भएभने राष्ट्रियता दर्बिलो हुने बताउँदै लोकतन्त्र बलियो भए देश बलियो हुने जिकिर गरे  ।

त्यस्तै अर्को फरक प्रसङ्ग कोट्याउँदै हुलाकी राजमार्ग निर्माणबारे बिचार राख्दै हुलाकी सडक सम्पन्न हुदा मधेशका जनताको दैनिकी बदलिने बताए ।

त्यस्तै शान्ति समाजका केन्द्रिय अध्यक्ष उत्तम पुडासैनीले नेपाली जनता ओलीको असंवैधानिक कदमका विरुद्धमा रहेको बताउँदै ओली प्रवृत्तिको अन्त्यका लागि पुनः एक पटक आन्दोलनमा उत्रनुपर्ने आवश्यकता रहेको औंल्याए ।

देशमा भष्ट्राचार बढेको बताउँदै उनले ओलीको कदम नेपाली जनताको प्राप्ति उपलब्धिलाई सखाफ पार्न उद्वत रहेको पुडासैनीले बताए ।

गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलगायतले ओलीको निरंकुशता र अधिनायकवादको विरुद्धमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गौरीगन्ज गाविसका पूर्वअध्यक्ष देवी प्रसाद राजवंशीले स्वागत मन्तब्य राखेका थिएभने अग्रज पत्रकार रामरिझन यादवले सहजिकरण गरेका थिए ।

मुनलाइट एकेडेमीका प्रिन्सिपल तथा सामाजिक व्यक्तित्व विजय सिंह गन्गाईको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य घनश्याम रिजाल, कांग्रेस गौरादहनगर सभापति यादवराज सेडाई, महासमिति सदस्य फुलवती राजवंशी, नौतली राजवंशी लगायतको उपस्थिती रहेको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ