arrow

हृदयेश त्रिपाठीे नयाँ राजनीतिक दल खोल्ने गृहकार्यमा

जसपाका असन्तुष्ट नेताहरुसँग सम्पर्कमा

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
Hridayesh-Tripathi-news.jpeg

काठमाडौं । केपी ओली सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ राजनीतिक दल खोल्न भित्रभित्रै गृहकार्य सुरु गरेका छन् । त्रिपाठी निकट स्रोतका अनुसार उनी अहिले सर्वोच्चको निर्णय पर्खेर बसेका छन् । सर्वोच्चले संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी तीब्र बनाउने भएका छन् । ‘सर्वोच्चले पुनर्स्थापना गर्‍यो भने तत्काल काम अघि बढ्दैन । तर पुनर्स्थापना गरेन र देश चुनावमा जाने अवस्था आयो भने नयाँ पार्टीको घोषणा हुन्छ’ त्रिपाठी निकट एक नेताले भने ।

त्रिपाठीले पुरानो तराइ मधेस लोकतान्त्रिक पार्टी व्यँझुाउने प्रयास पनि गरेका छन् । त्यसबेला उनी त्यस पार्टीका सहअध्यक्ष थिए । तत्कालिन तमलोपा सहित तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए । प्रतिनिधि सभाको चुनावको मुखमै उनले तत्कालिन राजपा छाडेको घोषणा गरे र सूर्य चिन्हबाट चुनाव लडेका थिए । तर पनि उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेनन् । यद्यपि उनले अझै पनि आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । ओली सरकारमा मन्त्री हुनुभन्दा पहिले उनले आफू निकट व्यक्तिहरुको भेला गरी नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । तर ओली सरकारमा मन्त्री भए पछि नयाँ पार्टी खोल्ने योजना तत्कालकोलागि रोकिएको थियो । मन्त्री हुनु अघि उनले अनामनगरमा सम्पर्क कार्यालय समेत खोलेका थिए । 

स्रोत भन्छ, व्रिजेश गुप्ता, अजय शाही, पशुपतिदयाल मिश्र लगायत नेताहरुले उनलाई साथ दिने भएका छन्। उनले जनता समाजावदी पार्टीका असन्तुष्ट नेता प्रदीप यादव, इस्तिायक राइ, रेणु यादव, बिमल श्रीवास्तव लगायतका नेताहरुसँग पनि कुराकानी अघि बढाएका छन् । लकडाउनको बेला झण्डै पार्टी फुटाउन लागेको जसपाको एउटा समुहसँग पनि उनले कुराकानी अघि बढाएका छन् । यसैगरी उनले जसपाको नेतृत्वबाट अपमानित गरिएको महशुस गरि रुष्ट रहँदै आएका नेता राजकिशोर यादवसँग पनि एक दुई चरण कुराकानी गरेका छन् । त्रिपाठी निकट एक अर्का एक नेताले भने, ' सकेसम्म पुरानो तमलोपा ब्युझाउने प्रयास हुनेछ। त्यसमा अन्य साथीहरुले मान्नु भएन भने कुनै नामबाट नयाँ पार्टी घोषणा हुनेछ ।’ स्रोतका अनुसार त्रिपाठीले तमलोपा ब्युँझाउन एक चरण तत्कालिन तमलोपाका अध्यक्ष तथा हाल जसपाको पहिलो अध्यक्ष महन्थ ठाकुरसँग पनि कुराकानी गरेका थिए तर ठाकुरले आफू जसपाको पहिलो अध्यक्ष भएकोले अब पुरानो तमलोपा ब्युँझाउने सम्भावना नरहेको सन्देश सुनाएका थिए । ‘त्यसपछि उनले जसपाका असन्तुष्ट नेताहरुसँग कुराकानी अघि बढाए’ स्रोतले भन्यो । 

त्रिपाठी नयाँ पार्टी खोल्ने योजना निकै गोप्य नै राख्दै आएका छन् । त्यसैले उनले निकै होशियारीपूर्वक असन्तुष्ट नेताहरुसँग कुराकानी गर्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी भित्रको अहिलेको विवादमा उनले केपी ओलीलाई साथ दिएका छन् । यस वापत ओलीले उनलाई मन्त्रीमण्डल पुनर्गठनमा मन्त्रीबाट हटाएनन् । बरु उल्टै संघीय मामिला मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा लगे । तर चुनावको घोषणा भयो भने उनले ओलीसँगको सामिप्यता पनि छोड्ने छन्–स्रोतले भन्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ