arrow

नारायणहिटी अगाडि ओलीको सभामा ३५ हजार पनि मानिस थिएनन् : प्रचण्ड

 ‘नेकपा ओली बा’ पार्टी खोल्न माधव नेपालको सुझाव 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
prachanda23.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले नारायणहिटी दरबार संग्रहालय अगाडि आयोजना गरेका सभामा ३५ हजार पनि मानिस सहभागी नभएको दाबी गरेका छन् ।

ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्दै प्रचण्डले नारायणहिटी संग्रहालय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएको दाबी गर्दैै ओली रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा उनले ओली रक्षात्मक अवस्थामा गइसके र उनकै सुरक्षा निकायले सभामा ३५ हजार पनि सहभागी नभएको बताइसकेको जिकिर गरेका हुन् ।

संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि ओली हार्न पुगेको बताउँदै प्रचण्डले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै ओलीले मन पराउने गरेको आरोप लगाए ।

कार्यक्रममा अर्का अध्यक्ष माधव नेपालले भने अहिलेको संघर्ष व्यक्ति केपी ओलीसँग नभई ओली प्रवृत्तिविरुद्ध भएको बताए ।ओलीमा पञ्च रवैया कायम रहेको भन्दै नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ