- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको नयाँदिल्ली गएका छन् । उनी दुई तीन दिनमा फर्कने कार्यक्रम रहेको छ ।
उनी स्वास्थ्य समस्याका कारण दिल्ली गएको जसपा नेता केसब झाले पुष्टि गरे । उनको मेदान्त अस्पतालमा परीक्षण हुनेछ । मुटुको पेशमेकरमा ब्याट्री सकिएपछि उनी मेदान्त गएका हुन् ।
त्यहाँ रहँदा ठाकुरले होल बडी चेकअप गर्नेसमेत कार्यक्रम रहेको झाले बताए ।
दिल्लीमा रहँदा ठाकुरले कुनै राजनीतिक भेटघाट भने गर्ने कार्यक्रम तय नभएको बताइएको छ ।