arrow

नेविसंघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भने –भागरथीका हत्याराको नजिक पुगिएको छ 

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
nebisangh-badal.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा न. ७ चडेपानीका कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्याराको नजिक पुगेको बताएका छन् । 

मंगलबार बिहान नेपाल विद्यार्थी संघको ज्ञापन पत्र बुझ्दै उनले भागरथीका हत्याराको दोषी नजिक पुगेको बताएका हुन् । 

अध्यक्ष राजिब ढुङ्गानाको नेतृत्वमा गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा पुगेर नेविसंघले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेकाले दोषी नजिक पुगेको दाबी गरेको महामन्त्री दिपक भट्टराईले बताए ।

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि

उनले यो घटना कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जस्तो जटिल घटना नभएको पनि गृहमन्त्री बादलले बताएको अर्का नेविसंघ महामन्त्री बलदेब तिमल्सिनाले सुनाए । 

गृहमन्त्रीले सरकारको ध्यानाकर्षणका निम्ति धन्यवाद दिँदै युवा, विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको समेत बताएका छन् । बैतडीमा डीआईजीको नेतृत्वमा प्रहरी टोली अनुसन्धानमा खटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ