arrow

मन्त्रीका नाममा अनियमितता

वीर अस्पताल बचाउन चिन्ताः ट्रमा सेन्टर र अस्पतालमा अनियमितताको चाङ

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
bir-trauma.jpg

काठमाडौं । देशकै ठूलो अस्पताल तथा स्वायत्त प्रतिष्ठान चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र ट्रमा सेन्टरमा नेकपा निकट नेता भजाउदै पूर्व स्वास्थ्यमन्त्री तथा वर्तमान पर्यटनमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नाममा ट्रमा सेन्टर र वीर अस्पतालमा व्यापक अनियमितता भइरहेको कर्मचारीहरुले आरोप लगाएका छन् । 

यी दुवै अस्पतालमा अनियमित कर्मचारी भर्ना, सरुवा र कमिशनमा आफु निकट व्यापारीसँग सामान खरिद गरिदै आएको छ। सबैभन्दा जुनियर डाक्टर भएर पनि भानुभक्त स्वास्थ्यमन्त्री हुँदा  राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशक बनेका डा. सन्तोष पौडेल लगायत आइसीयू र ओटी प्रमुखको मिलेमतोमा अनियमित कर्मचारी भर्ना, ठेक्कापट्टा, अस्पतालभित्रै व्यापार गरिरहेको कर्मचारीहरुकै आरोप छ । 

टेन्डरमा गुणस्तरिय र सस्तो उपकरण दिँदा पनि यो समूहले कमिशन लिँदै महङ्गोमा करोडौँको सामान खरिद गरिरहेको स्रोतको दाबी छ । सो सम्बन्धमा उच्च अदालतमा समेत मुद्दा दायर भएको जनाईएको छ । यो समूहले २० जना भन्दा बढी स्टाफ नर्स १० जना फार्मेसीमा कर्मचारी गैरकानूनी तरिकाले नियुक्ति गरेका छन् । 

सामान्य बिग्रिएको उपकरण नबनाउने, कमिशनको कारण नयाँ किन्ने गरिएका गुनासो पनि छ । २० करोडमा किनिएको इन्टा अट सिटी १ बर्षदेखि सन्चालन नगरी थन्काएर राखिएको छ । सिटी स्क्यान एक महिनादेखि बिग्रिएको छ । कर्मचारीले बनाउन माग गर्दा पनि निर्देशक डा. पौडेलले ध्यान नदिएको गुनासो छ । 

यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण बिरामीहरु परेका छन् । बिरामीलाई सिटी स्क्यान र एमआरआई गर्न निजी अस्पतालमा पठाएर सो अस्पतालमा मासिक कमिशन लिने गरेको कर्मचारीहरुको आरोप छ । 

कतिसम्म भने ट्रमा सेन्टरमा भर्ना भएका बिरामीको अपरेशन गर्दा प्रयोग हुने सर्जिकल सामान इम्पान्ट (पाता,स्क्रु),स्पाइलन सर्जिकल सामान जो एकदेखि तीन लाखसम्म पर्छ सो सामान डा. सन्तोष पौडेलले त्रिपुरेश्वरको एक ब्यापारी मार्फत अस्पताल भित्रै ओटी अगाडि र वार्डको बेड बेडमै बोलाएर बिरामीलाई किन्न लगाएर कमिशन लिने गरेको स्वयं कर्मचारीहरुले नाम नबताउने शर्तमा बताएका छन् । 

बिरामीलाई अपरेशन गर्दा प्रयोग हुने बेहोश गराउने सामान र आइसीयूको सामान डा. नवीन पोखरेलले आफ्नै ससुराको फर्ममार्फत निर्देशक पौडेलको मिलेमतोमा विना टेन्डर फार्मेसीमा राख्न लगाइ महङ्गोमा किन्न बाध्य बनाएको पनि आरोप छ । 

सो कुराको विरोध गरेमा  मन्त्री र बिष्णु पौडेलको मानिस हौं भन्दै थर्काउदै कर्मचारीलाई सरूवा गर्छु भन्दै धम्काउने गरेको पीडित कर्मचारीहरु बताउँछन् । महिनौंदेखि सिटी बन्द छ, ओपीडी एक्सरे डिआर बिग्रिएको छ,  डिएसए भन्ने मुटुको बिरामीलाई प्रयोग हुने उपकरण बिग्रिएको छ, फोलोस्कोपी बिग्रिएको छ तरु पनि त्यसमा ध्यान छैन। 

दुई करोडको फोलोस्कोपी सामान्य रूपमा बनाई काम चले पनि बनाउन भन्दा नयाँ किन्ने कुरामा मरिहत्ते गरेको पाइन्छ । आइसीयूको १०० एम एमको मोबाइल मेसिन एक्सरेसमेत बिग्रिएको छ । इमरजेन्सीको एलेन्सन एक्सरे पनि बिग्रिएको छ । बनाउने कुनै छाँट छैन । 

यता वीर अस्पतालको खरीद एकाईमा पाँच  वर्षदेखि व्यापारीसँग मिलेमतोमा बसिरहेको समूहका कतिपयलाई कारबाही गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा, राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री कार्यालयको सुशासन एकाईसमेतले निर्देशन दिए पनि स्वास्थ्य सचिव र मन्त्रीले हालसम्म कुनै कारवाई गरेका छैनन् ।  बरु संरक्षण गर्दै आएका छन् । 

निर्देशक केदार सेन्चुरी, खरिद प्रमुख नर्स भगवती थपलिया, लगायतलाई छानवीन गर्ने अख्तियार दुरुपयोग आयोगमा एक दर्जन भन्दा उजुरी परेको छ। सो सम्बन्धमा वीर अस्पतालका कर्मचारीहरूले बोल्दा खरिद प्रमुख भगवती थपलिया सिधै डर देखाउने, धम्काउने, सरूवा गर्दिने र गुन्डा लगाएर पिट्दिन्छु भन्दै हिँडने गरेकी आरोप छ ।

कर्मचारीले उपकुलपति समक्ष सो बिषयमा गुनासो गर्दा नसुनेको आरोप छ । वीर अस्पताल खरिद एकाईले कोरना महामारीको समयमा विभिन्न सामान खरिद,  मर्मत सम्भार, पाटेशन गर्दा दश करोड भन्दा धेरै भष्ट्राचार गरेको लेखा, प्रशासन र बेरूजु शाखाका कर्मचारीहरू बताउँछन् । यस्तो अवस्थामा वीर अस्पताल अब कसले बचाउने  भन्दै कर्मचारी चिन्तित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ