प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, वातावरण बनाउन आयोगले आग्रह गर्दै
प्रकाशित २०७७ माघ २७ मंगलबार
792
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारीबारे बुझ्न आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली अहिले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनको तयारीबारे छलफल गरिरहेका छन् । उनीसँगै सत्तारुढ दल नेकपाका नेताहरू सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसमेत निर्वाचन आयोगमा छन् ।
आयोगले प्रधानमन्त्रीलाई निर्वाचनका लागि सरकार पक्षबाट बनाइनु पर्ने वातावरण, माग गरेको बजेट, निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित निर्वाचन आयोगलाई असहज भएका अन्य अवस्थाहरूका बारे जानकारी गराउने एक पदाधिकारीले जानकारी दिएका छन् ।
गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड-माधव नेपाल पक्ष आयोग कार्यालय पुगेका थिए । सो समूहले नेकपाको आधिकारिकता माग दाबी गर्दै आयोगमा पत्र नै बुझाएको थियो । तर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष भने आयोगले बोलाएको समयमा गएका थिएनन् । उनले आफ्नो तर्फबाट अन्य नेताहरूलाई आयोग पठाएका थिए ।
नेकपाका दुवै पक्षका नेताहरूले आफूहरू मूल पार्टी रहेको दाबी गर्दै आए पनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।