arrow

माधवकुमार नेपाललाई निर्वाचन आयोगले अध्यक्षको रुपमा चिन्दैन् : मन्त्री गुरुङ

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
Minister-parbat-Gurung.jpg

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गर्दै अलमलमा नपर्न आग्रह गरेका छन् ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको जनाउँदै नचिनेको अध्यक्षले पार्टीको दावीविरोध गर्न नमिल्ने बताए ।

सञ्चारकर्मीको प्रश्नको उत्तर दिनेक्रममा गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले अध्यक्षको रुपमा नचिनेको बताउँदै त्यस्ता अध्यक्षले पार्टीको दावीविरोध गर्न नमिल्ने तर्क गरे ।

‘निर्वाचन आयोगले माधवकुमार नेपाललाई अध्यक्षको रुपमा चिनेको छैन,’ उनले भने, ‘नचिनेको अध्यक्षले दाबीविरोध गर्न मिल्दैन, मिलिहाले पनि निर्वाचन आयोगको कानूनअनुसार हदम्याद नाघिसकेको छ ।’

आफ्नो अनुकलता भए निर्वाचन हुने र अनुकुलता नभए निर्वाचन नहुने तर्क दिने राजनीतिक दलहरु सबै निर्वाचनमा भाग लिने मन्त्री गुरुङको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ