arrow

अन्तर्राष्ट्रिय मिडियासँग प्रचण्ड-नेपालले भने: ‘सेटिङ भए सहज रुपमा लिन सक्दैनौं’

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
nepal-prachanda.jpg

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले मंगलबार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग छलफल गरेको छ । छलफलका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक हुने बताएका छन् ।

छलफलको क्रममा प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भएको जिकिर गर्दै भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन देश विदेशबाट हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग-अलग भेटेर कुरा गरेका छौं ।’

ओली समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ(सेटिङ) मिलाइसकेकाले अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिंडेको प्रचण्डको आरोप थियो ।

‘त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रुपमा लिन सक्दैनौं’ उनले भने ।

प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्दै भने ,‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन् ।’ छलफलका क्रममा प्रचण्डले माघ २३ को सभामा प्रधानमन्त्री केपी ओली ‘विक्षिप्त’ रुपमा प्रस्तुत भएको पनि बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओलीलाई सत्ताको मात लागेको तानाशाहको सज्ञां दिंदै पछिल्लो समय हिन्दू धर्म तथा राजावादीहरुसँग ओलीको ‘हिमचिम’ बढेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ