arrow

प्रचण्ड-नेपाल समूहको जुलुसका कारण ट्राफिक अस्तब्यस्त, ठूला सवारी साधनलाई रिङरोडभित्र निषेध

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
traffic-police.JPG

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा गर्ने प्रदर्शन र विरोधसभाका कारण बिहान १० बजेदेखि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ ।

बिहान काठमाडौं उपत्यकामा सवारी आवागमन सामान्य रहेपनि ९ः३० पछि सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बुधबार हुन लागेको जुलुसका कारण पनि सवारी साधनको चाप बढेको बताए ।

जुलुसलाई मध्यनजर गर्दै रिङरोड भित्रका सडकहरुमा ठूला सवारी साधनलाई प्रवेश निषेध गरिएको जानकारी गराए । उनले भने,‘आज जुलुश र भिभिआइपीहरुको ओहोरदोहोर हुने भएकाले रिङरोड भित्रका सडकहरुमा साना सवारी साधनलाई मात्र प्रवेश दिएका छौं, ठूला ट्रक-बसजस्ता सवारी साधनलाई रिङरोड बाहिर मात्र ओहोरदोहोर गर्न निर्देश गरिसकेका छौं ।’

कलंकी, कोटेश्वर, महाराजगन्ज, बानेश्वर, पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, पुतलीसडक लगायतका क्षेत्रमा सवारी जाम शुरु भइसकेको छ ।

११ बजेदेखि नेकपाको जुलुस शुरु हुने भएकाले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, जमललगायतका क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ