arrow

'पशुपतिनाथले भन्लान् केपी ओलीलाई धिक्कार छ'

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
madhav-kumar.JPG

काठमाडौँ । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् ।

बुधवार काठमाडौँमा आयोजित विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले उनलाई प्रधानमन्त्री पदमा पुर्‍याउने पार्टी नै नष्ट गर्न खोजेको समेत बताएका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'केपी ओलीलाई चेतना भया, संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्नेलाई कसैले पनि माफी गर्दैन ।'

यस्तै उनले केपी ओलीको शासनकालमा ७ हजार नेपाली चेलीको बलात्कार भएको र उनीहरूको आत्माले ओलीलाई धिक्कार गरिरहेको बताएका छन् ।

अध्यक्ष नेपालले भने, 'केपी ओलीको सिङ्गो शासनकालमा अहिलेसम्म ७ हजार १ सय ७० नेपाली चेली बलात्कृत भएकी छन् । ती बलात्कृतको आत्माले भनिरहेको छ, ए ओली तिमिले कतिलाई सजाय दिएका छौँ, कति अपराधीलाई जेललाई कोचेका छौँ, तिम्रो असंवेदनसिलता देख्दा हामीलाई लाज लागिरहेको छ ।'

त्यस्तै उनले केपी शर्मा ओलीलाई पशुपतिनाथले समेत धिक्कार गरिरहेको बताएका छन् । उनले भने, 'त्यो पार्टी जसले प्रधानमन्त्री पदमा पुरायो त्यही पार्टी सिद्ध्याउनका लागेका छौँ,, तिमिलाई धिक्कार छ, पशुपतिनाथले पनि तिमिलाई त्यही भन्ला केपी ओलीलाई धिक्कार छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ