arrow

संविधान र लोकतन्त्रको हत्या हुने निर्वाचन सम्भव छैन : नारायणकाजी श्रेष्ठ

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको हत्या हुने निर्वाचन सम्भव नभएको बताएका छन् । पार्टीले बुधवार काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले सरकारी गुट बाहेक सिङ्गो देश संसद् विघटन विरुद्ध आन्दोलनमा रहेको भन्दै संविधान र लोकतन्त्र विपरीत हुने निर्वाचन स्वीकार्य नहुने बताएका हुन ।

नेता श्रेष्ठले संविधानसम्मत हुने र लोकतन्त्रको पक्षमा हुने चुनाव मात्र मान्न सकिने बताए ।  उनले सरकार पक्षका व्यक्ति बाहेक सिङ्गो देश नै संसद् विघटन विरुद्धको आन्दोलनमा रहेको दाबी गरे । संयुक्त आन्दोलनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सँगसमेत छलफल भइरहेको उनले भनेका छन् ।

‘अहिले सरकारी गुट बाहेक सिङ्गो देश संसद् विघटन विरुद्धको आन्दोहामी काँग्रेस र जसपासँग पनि सहकार्य गरेर संयुक्त आन्दोलन गर्न चाहन्थ्यौँ, तर परिस्थिति बनिरहेको छैन, त्यो प्रयास भइरहेको छ,’ श्रेष्ठले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ