arrow

निर्वाचन आयोगले गतिलो लक्षण देखाएन : प्रचण्ड

काँग्रेसलाई संयुक्त आन्दोलनको औपचारिक प्रस्ताव

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
prachandas4.JPG

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको दाबी गरेका छन् ।  पार्टीले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बहुमत रहेको पक्षको आवाज नसुन्ने तर केपी ओलीले गएर धम्क्याउने बित्तिकै लत्रिने व्यवहार नदेखाउन निर्वाचन आयोगलाई चेतावनी समेत दिए ।

‘निर्वाचन आयोगले राम्रो लक्षण देखाइरहेको छैन, ७० प्रतिशतको बहुमत देखाउँदा हिसाब नगर्ने, तर केपीले गएर धम्क्याउने बित्तिकै लत्रिने ?, कसैले सामान्य नठाने हुन्छ, खेलाँची कसैले नठाने हुन्छ,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।  

उनले निर्वाचन आयोगलाई खुट्टा नकमाई विधि सम्वत ढङ्गबाट निर्णय गर्न पनि आग्रह गरे ।  ‘निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुरा नगर, ७० वर्ष लडेर ल्याएको लोकतन्त्र मास्न खोज्ने ? हामीलाई कुर्सी चाहिएको हैन, राष्ट्रको हित चाहिएको छ ।,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

उनले सबै संवैधानिक अङ्गहरूलाई कसैको अनुहार नहेरी स्वतन्त्र ढङ्गले निर्णय गर्न समेत आग्रह गरे । यस्तै निरङ्कुश ढङ्गले अघि बढे १० लाख मान्छे ल्याएर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनीसमेत प्रचण्डले दिए ।

उनले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र सङ्घीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी काँग्रेसलाई समेत आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हरेर नबस्न आग्रह गरे ।

‘गिरिजा बाबुले नेतृत्व गर्नु भएको काङ्ग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधान सभामा सुशील कोइरालाले नेतृत्व लिनु भयो संविधान आयो, गणतन्त्र र सङ्घीयता पनि काङ्ग्रेसकै नेतृत्वमा आयो, त्यस बेला काँग्रेसका सभापति शेरबहादुर जी पनि कहीँ न कहीँ हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा टुलुटुलु हेरेर बस्न मिल्छ ?, भ्रममा परेर काँग्रेस बस्न मिल्छ ?, काँग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौँ,’ काँग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै प्रचण्डले भने ।

उनले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई समेत नेपालमा संविधानको हत्या गरिएको र लोकतन्त्र मास्ने काम प्रधानमन्त्री केपी ओलीबाट भएको भन्दै हेरेर नबस्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ