arrow

रामकुमारी झाँक्रीलाई बोलायो प्रहरीले

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
ramkumari-jhakri-photo.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले हाम्राकुरासँग झाँक्रीलाई कार्यालयमा कुरिरहेको बताएका छन् । 

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर प्रहरीले बोलाएको बुझिएको छ । झाँक्रीलाई बोलाएर पक्राउ गर्ने मनस्थिति बनाएको स्रोतको दाबी छ । 

बुधबार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्याधा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् । 

उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभइ व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट परेकी थिइन् । 

कार्यक्रममा झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । 

झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक संजालमार्फत बताएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ