arrow

रामकुमारी झाँक्री पक्राउ

रामकुमारीलाई प्रधानमन्त्री ओलीको एनिभर्सरी गिफ्ट, घरबाटै पक्राउ

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
ramkumari-jhakri1.jpg

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि हाम्राकुरासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन्। पछि उनलाई प्रहरीले पक्रेर लगेको छ । वैवाहिक वर्षगाँठको अवसरमा रामकुमारीले बिहानै एक पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्, 

'आज माघ २९
सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौँ जिन्दगीमा यसै आहा छ!
11 years of marital journey of our life...
Happy anniversary Dear loving husband

झाँक्रीले यो खुसी साट्न नपाउँदै सरकारले उनलाई एनिभर्सरी गिफ्टका रूपमा पक्राउ गर्न प्रहरी पठाएको थियो। प्रहरी उनको घरमा प्रवेश गरेर उनलाई धरपकड गर्न जवर्जस्ती गरेपछि नेकपा र अनेरास्ववियुका कार्यकर्ताले नारावाजी गरेका थिए। 

झाँक्रीलाई पक्राउ गर्ने खबर पाएसँगै अनेरास्ववियुका नेता कार्यकर्ताहरूले उनको निवासमा जम्मा भएर प्रदर्शन गरेका थिए। केन्द्रीय सदस्य फुर्वा तामाङका अनुसार अनेरास्ववियुले प्रहरी धरपकडको विरोधमा प्रदर्शन गरेपनि कानुनलाई मान्दै आफूले पक्राउ दिने भन्दै झाँकीले पक्राउ दिएकी थिइन्।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले हाम्राकुरासँग झाँक्रीलाई कार्यालयमा कुरिरहेको बताएका थिए । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर राज्य विरुद्धको अपराधमा पक्राउ गरिएको छ । 

बुधवार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्यादा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् । उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट परेकी थिइन् । 

कार्यक्रममा झाँक्रीले आफू विरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला सङ्घले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । 

झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक संजालमार्फत बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ