arrow

झाँक्रीलाई पक्राउ गरेपछि गगन थापाको प्रतिक्रिया : सरकार झ्यालखानाको संख्या थप

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
gagan-thapa14.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउपछि चौतर्फी विरोध सुरु भएको छ । 
कांग्रेस नेता गगनकुमार थापाले झाँक्रीको पक्राउप्रति विरोध जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारप्रति प्रश्न उठाएका छन् । 

थापाले सामाजिक संजालमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’
 



नयाँ