arrow

संयुक्त आन्दोनलनमा जान प्रचण्ड-माधव पक्षको प्रस्ताव जसपाद्धारा अस्विकार

जसपा पनि कांग्रेसकै लाइनमा, एक्लै आन्दोलन गर्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ २९ बिहिबार
jasapa1.JPG

काठमाडौं। फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन गर्न नेपाल कम्युनिस्ट पार्टी (माधव–नेपाल) पक्षले गरेको औपचारिक तथा अनौपचारिक प्रस्तावलाई तेश्रो ठूलो दल जनता समाजवादी पार्टीका नेताहरुले अस्विकार गरेका छन् । नेकपासँग मिलेर संयुक्त आन्दोलनमा जान नसकिने निष्कर्ष जसपाका नेताहरुले गरेका छन् । नेपाली कांग्रेसको लाइन झै एक्लै आन्दोलन गर्ने घोषणा जसपाका नेताहरुले गरेका छन् । संसद् विघटनविरुद्ध जसपा अहिले तेश्रो चरणको आन्दोलन गरिरहेको छ । तेश्रो चरणको आन्दोलन माघ मसान्त पछि समाप्त हुनेछ ।

जसपाका नेता डा.सुरेन्द्र झाले नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव खेमा पक्षले भन्ने गरे जस्तो संयुक्त आन्दोलनमा जसपा सहभागी नहुने प्रष्ट पारे । ‘अहिले हामीले सर्वोच्चको फैसला पर्खेका छौ ।  सर्वोच्चले जे निर्णय गर्छ, त्यसलाई स्विकार गर्छौ । तर तत्काल संयुक्त आन्दोलनमा जाने सम्भावना छैन’ झाले भने,‘अहिले नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको आन्दोलन प्रधानमन्त्री हुन पाइन, भागबण्ड मिलेन, भनेर गरेको जस्तो देखिएको छ । त्यसैले उहाँहरुको यो आन्दोलनमा हामी किन सहभागी हुने ?’

लोकतान्त्रिक पार्टीले सर्वोच्चले गरेको निर्णयलाई स्विकार गर्नुपर्ने उनले बताए । ‘मानौ अहिले हामीले संयुक्त आन्दोलन गर्‍यौ तर भोली सर्वोच्चले चुनावको पक्षमा फैसला गर्‍यो भने आन्दोलनबाट फर्केर चुनावमा जानुपर्ने अवस्था आउँछ ’ झाले भने,‘त्यसैले अहिले संयुक्त आन्दोलनमा जाने सम्भावना छैन ।’

पार्टी स्रोतका अनुसार जसपाभित्र अहिले दुई लाइन देखिएको छ । एउटा लाइन प्रचण्ड-माधव पक्षसँग निकट देखिएको छ भने अर्को लाइन प्रधानमन्त्री ओली पक्षसँग निकट देखिएको छ । ओलीसँग निकट देखिएको लाइन आन्दोलनभन्दा चुनावको तयारीमा पार्टीले ध्यान दिनुपर्ने अडानमा छ भने माधव-प्रचण्ड पक्ष लाइनका नेताहरु चुनावको तयारी भन्दा आन्दोलनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन् ।

जसपाको पहिलो अध्यक्ष महन्थ ठाकुर आन्दोलनभन्दा चुनावको तयारीमा पार्टी जुट्नु पर्ने अडानमा छन् । उनलाई राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्बेन्द्रनाथ शुक्ल, विर्खेशचन्द्र लाल लगायतका नेताहरुले साथ दिएका छन् । खासगरी पूर्व राजपाका धेरैजसो नेताहरु चुनावको तयारीलाई महत्व दिनुपर्ने पक्षमा छन् । तर उपेन्द्र यादव भने चुनावको तयारीलाई भन्दा आन्दोेलनमा जानुपर्ने पक्षधर नेताहरुको नेतृत्व गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ