arrow

रामकुमारी झाँक्रीलाई ‘राज्य बिरुद्धको कसुर’मा ७ वर्षसम्म हुन सक्छ कैद

झाँक्री पक्राउको सर्वत्र विरोध

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
dapha58.jpg

काठमाडौं । राज्य बिरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सो मुद्दामा सात वर्षसम्म कैद हुन सक्ने देखिएको छ ।

प्रहरीले बिहीबार नेतृ झाँक्रीलाई राज्य बिरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरि घरबाटै पक्राउ गरेको हो । झाँक्री पक्राउ परेपछि सरकारको सर्वत्र विरोधसमेत सुरु भएको छ ।

मुलुकी अपराध सहिंताको दफा ५८ (२) अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

सो संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । सो दफाको उपदफा १ मा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ ।

यसैगरी सोही दफाको उपदफा २ मा ‘उपदफा १ को कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।’ भन्ने उल्लेख छ ।

प्रहरीले उनलाई राज्य बिरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जि दिएको थियो । बुधबार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्याधा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् । 

उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभइ व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट पारेकी थिइन् । 

कार्यक्रममा झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । 

झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक संजालमार्फत बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ