arrow

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन् : ‘यो अन्तिम लडाई हो, आफ्नो ठाउँमा डटौं'

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
jhakri2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफू पक्राउ परेर अनुसन्धानका क्रममा काठमाडौं मिनभवनमा रहेको जानकारी गराएकी छिन् ।

सामाजिक संजालमार्र्फत उनले राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको र अपराध अनुसन्धान मिनभबनमा भएको जानकारी गराएकी हुन् । उनले सबै साथीहरुलाई धैर्य रहन आग्रह गर्दै लेखेकी छिन्–‘यो अन्तिम लडाई हो । आफ्नो ठाउँमा डटौं।’

आफ्नै निवासमा पक्राउ पर्नेक्रममा उनले आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ