arrow

रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न कांग्रेस नेता डा.कोइरालाको माग

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
Dr.shaker_.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई सर्वसत्तावादी र अधिनायकवादी चरित्र भएको प्रतिक्रिया दिएका छन् ।

विहीबार सामाजिक संजालमार्फत उनले झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाईको माग पनि गरेका छन् ।

उनले लेखेका छन् :‘अलोकतान्त्रिक र असंवैधानिक कदम बिरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ।यो सरकार जति दिन रहन्छ,देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ। झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाईको माग गर्दछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ