arrow

सुकी सहित म्यानमारका अधिकारीहरुलाई तत्काल रिहा गर्न दूतावासमा ज्ञापनपत्र

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
uni-protest-against-myanmar.jpg

काठमाडौं । युएनआई ग्लोबलमा आवद्ध नेपालका दशौं हजार सिप र सेवा क्षेत्रका कर्मचारीहरुले म्यानमारमा भएको सैन्य कुमाथि आपत्ति जनाएका छन् । बिहीबार युनियन नेटवर्क नेपाल समन्वय परिषद्ले एक पत्र जारी गर्दै म्यानमारको प्रजातन्त्रमा गरिएको दखल र सैन्य नियन्त्रणको विषयमा आपत्ति जनाएको हो ।

"प्रजातन्त्रको पक्षमा उभिदै तत्काल प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकी सहितका राजनीतिज्ञहरुको रिहा, संकटकाल घोषणा फिर्ता गर्दै प्रजातन्त्रविरोधी निर्देशनहरु हटाउन म्यानमारी सेनालाई आग्रह गर्दछौं," युएनआईएनएलसी नेपालका तर्फबाट शंकर लामिछानेद्वारा जारी पत्रमा उल्लेख छ ।

म्यानमारका सैन्य प्रमुख मीन आङ लाइङलाई लेखिएको पत्रमा, "ट्रेड युनियन र मानव अधिकारवादी संगठनहरु प्रजातन्त्रको जग भएको बताउँदै प्रजातन्त्र बिना श्रमीक र मानविय विकास असम्भव रहेको", उल्लेख छ ।

म्यानमारमा मानवधिकार, श्रमिक अधिकार र ट्रेड अधिकारलाई सुनिश्चित गर्न प्रजातन्त्रको पक्षमा कदम चाल्न म्यानमारी सेनालाई पत्रमार्फत आह्वान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ