arrow

प्रचण्ड-नेपाल समूहमा टोपबहादुर नजाने, जनाए आपत्ति

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
top-bahadur-rayamajha.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले बिहीबार विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहेको स्पष्ट गरिएको छ ।

विज्ञप्तिमा पदविना एक छिन पनि बस्न नसक्ने केही नेताहरूको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ