arrow

रिहा भएपछि झाँक्रीको प्रतिक्रिया : प्रतिगमन झुक्न थाल्यो, राष्ट्रपतिविरुद्ध बोल्दा पछुतो छैन 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
ramkumari-jhakri2.jpg

काठमाडौं । विहीबार दिउसो पक्राउ परेर साँझ रिहा भएकी नेकपा नेतृ रामकुमारी झाँक्री सरकारले जनदबाब थेग्न नसकेको प्रतिक्रिया दिएकी छिन् ।

जनदबाबका अगाडि सरकारको दमन हारेको बताउँदै उनले सरकार आफ्नो गलत कदम सच्याउन बाध्य भएको बताइन । सञ्चार माध्यमले समयमै सही सूचना दिएका कारण सरकार गलत कदम सच्याउन बाध्य भएको बताउँदै झाँक्रीले भनिन्, राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो छैन् ।’

कुनै मुद्दा दर्ता नगरी करिब पाँच घन्टापछि रिहा भएकी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको पनि बताइन । मिनभवन स्थित अपराध अनुसन्धान महाशाबाट रिहा भएकी झाँक्रीलाई श्रीमान पशुपति पुरीको जिम्मा लगाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ