arrow

राजनीतिक र्‍याली सभामा मौन मन्त्रीले ल्होसारमा कोभिड-१९ सम्झे

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
bhanu-bhakta-dhakal-ministe.jpg

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समुदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जनाएका । उnले यस कार्यमा आम नागरिकको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा पनि राखेका छन् । 

“तामाङ जातिको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्नेछ । शेर्पा समुदायको रीतिथिति, परम्परा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्दछु ।” उनको सन्देशमा भनिएको छ, “सोनाम ल्होसार र ग्याल्बो ल्होसार मनाउने क्रममा विद्यमान कोभिड–१९ का संक्रमणप्रति ध्यान अनुरोध गर्दछु ।”

यसअघि नेकपा सरकार पक्ष र विपक्ष दुवैले देशैभर र्‍याली सभा गरिसकेको छ। सरकार आफैले पनि राजनीतिक सभा गरिरहेको छ। उक्त समयमा मन्त्री ढकाललाई कोभिड-१९ कहिल्यै याद आएन। हुनत: ढिलै भए पनि याद आयो भनेर जनताले मान्नु पर्छ। कोभिड-१९को महामारीको समयमा ढकाल स्वास्थ्य मन्त्री रहेका थिए। 

यसैगरि सबै राजनीतिक दलहरुले आ-आफ्नो अनुकुल र्‍याली-सभाहरु गरिरहेका छन्। राजनीतिक दलले ध्यान नदिनुपर्ने कस्तो कोभिड-१९ हो भनेर मानिसहरुले प्रश्न गर्न थालेका छन्। 

मन्त्री ढकालले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक एवं सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाले हाम्रो संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको पनि स्मरण गराएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ