arrow

ओलीको राजनीतिक अपराधकाविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्नुको विकल्प छैन : प्रदीप पौडेल

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
pradip-poudel9.jpg

मोरङ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको राजनीतिक अपराधकाविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन्। विराटनगरमा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको विकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

‘काँग्रेसको आजको दिनको संस्थागत निर्णय भनेको प्रधानमन्त्रीले चालेको कदमको विरुद्धमा सशक्त आन्दोलन गर्नु हो र यसको विकल्प छैन’, उनले भने। 
‘सशक्त आन्दोलन गर्नु भनेको हडताल गरौँ, बन्द गरौँ भनेको होइन। हामी सडकमा आऔँ, राजधानी केन्द्रित आन्दोलन गरौँ, ठुला सडक केन्द्रित आन्दोलन गरौँ, यस्तो गम्भीर राजनीतिक त्रुटि र अपराध गर्ने प्रधानमन्त्रीका विरुद्ध जनदबाब सिर्जना गर्न हामीले आह्वान गरौँ।’ निर्वाचित तानासाहहरूलाई काङ्ग्रेसजस्ता लोकतन्त्रवादीहरूले मात्रै परास्त गर्न सक्ने उनको भनाई थियो।

नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले गरेका संवैधानिक नियुक्तिहरू असंवैधानिक भएको र काँग्रेसलाई त्यो स्वीकार्य नहुने पनि बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अख्तियारमै फाइल भएको मान्छेलाई बनाइएको दाबीसमेत गरे।

कार्यक्रममा उनले केपी ओलीले वैशाखमा चुनाव नगराउने पनि दाबी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ