arrow

जसपा नेता ओली समूहमा, प्रधानमन्त्री निवासमा स्वागत

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
oli-huwari.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता इस्लाम हवारी नेकपा ओली समूहमा प्रवेश गरेका छन्। शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हवारी ओली समूहको नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी ओलीले स्वागत गरेका थिए ।

हवारी जसपामा केन्द्रीय समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज  थिए । ओली समूहबाट मन्त्री बनेका प्रभु साहमार्फत हवारी सो पार्टीमा प्रवेश गरेको बताइएको छ । यसअघि जसपाका डा. शिवजी यादव पनि नेकपा ओली समूहमा प्रवेश गरेका थिए ।

हवारीलाई स्वागत गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान विशेष कार्यक्रम राखिएको थियो  । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढङ्गले पार्टी काम गर्नका लागि शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ