arrow

ईयुसँगको सम्बन्ध तोड्ने तयारीमा रुस

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
eu-russia.png

काठमाडौँ । रुसले ईयु (युरोपेली युनियन)सँगको सम्बन्ध समाप्त गर्न तयार रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले भ्रष्टाचार विरोधी अभियन्ता एलेक्सी नाभाल्नीलाई जेल सजाय तोकेको छ । यस्तोमा पश्चिम र रुसबिचको सम्बन्ध बिग्रिँदै गएको छ भने, रुसमाथि थप प्रतिबन्धको कुरा अघि बढेको छ ।

तीन युरोपेली कूटनीतिज्ञहरूले रोयटर्सलाई बताएअनुसार भ्लादिमिर पुटिनका तीन सहयोगीमाथि भ्रमण प्रतिबन्ध र सम्पत्ति फ्रिजको तयारी भएको छ । केही दिनअघि रुसले जर्मन, पोलिस र स्विडिस कूटनीतिज्ञलाई एलेक्सी नाभाल्नीको पक्षमा प्रदर्शन गरेको भन्दै निष्कासन गरेको थियो ।

यो घटनापछि दुवै पक्षबिचको सम्बन्ध झनै बिग्रिएको छ । रुसी विदेश मन्त्रालयको वेबसाइटमा राखिएको एक अन्तर्वाताको क्लिपमा विदेश मन्त्री सर्जे लाभ्रोभलाई ईयुसँगको सम्बन्ध समाप्त गर्ने विषयमा प्रश्न सोधिएको छ ।

त्यसको जवाफमा रोयटर्सले अनुवादित गरे अनुसार, "हामी तयार छौँ भन्ने तथ्यबाट हामी अघि बढ्छौँ, हाम्रो अर्थव्यवस्थामा जोखिम पैदा गर्ने क्षेत्रमा प्रतिबन्ध लगाइएको घटनामा हेरफेर गर्छौँ विदेश मन्त्री लाभ्रोभले", भनेका छन् ।

"हामी विश्वव्यापी जीवनबाट आफूलाई अलग गर्न चाहँदैनौँ, तर, हामी यसका लागि तयार हुनुपर्छ, शान्ति चाहिन्छ भने युद्धका लागि तयार हुनुपर्छ", उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ