arrow

जोशी दम्पतीले मरणोपरान्त शरीर दान गर्ने

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
satyamohan-Joshi.jpg

ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् ।

नइ प्रकाशनले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरूले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्को स्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताए । उनले भने, “‘म चाहन्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वास्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् ।” हरेक मानिसले दीर्घ जीवन पाउन पिर, चिन्ता, शोकरहित भएर सधैँ आ–आफ्ना कर्ममा लाग्नुपर्ने उनले सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धिलाई मुलुकवासीले पक्कै मनन गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राखे ।

 प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जोशीमा महानता, सरलता र दूरदर्शी भावना रहेको औँल्याए । उनले भने, “मेडिकल कलेजलाई लेखिएको मन्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उनीहरूका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ