arrow

यस्ता विचारहरू कसरी नियन्त्रण गर्ने ?

logo
एसएसआरएफ,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
ssrf-ocd.jpg

काठमाडौँ ।  लुइस (नाम परिवर्तन) अहिले ३९ वर्षका भए । उनी कलिलो उमेर देखिनै यौन विचारहरूद्वारा ग्रस्त थिए । लुइसको आफ्नै शब्दहरूमा अत्यधिक यौन विचारहरूको समस्या बारे भन्छन्,' जीवनभरि, सधैँ मैले महिलाहरूप्रति धेरै आकर्षण महसुस गरेँ । म निरन्तर सुन्दर महिलाहरूको बारेमा सोच्ने गर्दथे । म उनीहरूलाई हेर्न, उनीहरूसँग कुराकानी गर्न र उनीहरूको साथमा बस्न चाहन्थे । मेरो चाहनाहरू पूरा गर्न, म मोडेलहरू, अभिनेत्रीहरू र लोकप्रिय गायिकाहरूको वरिपरि हुन मनपराउँथें र उनीहरूको फोटो खिच्थेँ । मेरो कोठा सुन्दर महिलाको सयौँ फोटोहरूले भरिएको हुन्थ्यो ।

यौनको बारेमा अत्यधिक विचारहरूले प्रायः मेरो कार्यमा पनि असर गर्दथ्यो । मलाई ध्यान केन्द्रित गर्न गाह्रो हुन्थ्यो र प्राय म विचलित नै हुन्थे र केही यौन कल्पनाको सपनाहरू देख्दथे । यद्यपि म इमानदार भएर मेरो काममा ध्यान केन्द्रित गर्ने कोसिस गर्दथेँ, तर यौन विचारहरू मेरो मनमा आइनै रहन्थ्यो र अन्तमा म पराजित हुन्थें । सधै यी विचारहरूसँग लड्न मेरो लागि ठुलो सङ्घर्ष हुन्थ्यो ।

विरोधाभास यो थियो कि म सधैँ स्त्रीहरूको बारेमा निरन्तर कल्पना गर्थे तर म जब उनीहरूसँग कुराकानी गर्थे, भद्र पुरुष सम्मान व्यवहार गर्दथे, साथै उनीहरूप्रति अधिक सम्मान महसुस हुन्थ्यो । म नराम्रो यौन कल्पनाहरूबाट ग्रस्त थिए तर मैले कुराकानी गर्ने, कुनै पनि स्त्रीहरूलाई चोट नपुगोस् भनेर सक्दो प्रयास गर्दथे । मेरो व्यक्तित्वमा आएको भिन्नताले मलाई प्रायजसो अलमल्ल पारि दिन्थ्यो ।

कहिलेकाहीँ म एक रातको सम्बन्ध शृङ्खलातिर आकर्षित हुन्थे । एक पटक जब म विदेश यात्रामा गएको थिएँ, मैले एउटा भखरको युवतीसँग यौन सम्बन्ध सुरु गरेँ जुन केही दिनसम्म चल्यो । म यात्राबाट फर्केपछि, मैले आफैलाई घृणा महसुस गरेँ र स्वयमलाई एक्लै राखेर यो भावनालाई हटाउने प्रयास गरेँ । यस्तो अवस्थामा म आफ्नो मनलाई स्थिर राख्न बाइबल पढ्न थाल्दथे । यस्तो स्थितिमा एकान्तमा रहन म राम्रो महसुस गर्दथे । यद्यपि म यौन विचारहरू नियन्त्रण गर्न सक्दिन थिए, तर म आफैलाई घृणा गर्थे । नतिजा रूपमा, मैले कुनै पनि स्त्रीहरूसँग, कुनै पनि प्रकारको यौन सम्बन्ध, धेरै महिनासम्म राखिन ।

मेरो साथी जो स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ) को मार्गदर्शनमा आध्यात्मिक अभ्यास गर्दै थिए उनले मलाई मेरो धर्मको आधारमा ईश्वरको नाम जप गर्न सिफारिस गरे । म इसाई हुँ त्यस कारण मैले येशूको नाम जप गर्न थालेँ । सुरुमा मैले यौन विचारहरूमा वृद्धि भएको अनुभव गरेँ, जुन मलाई एकदम अनौठो लाग्यो । तर पनि निरन्तर प्रभु येशूको नाम जप गरिरहँदा, ती विचारहरू कम हुन थाले । त्यस क्षणदेखि जहिले पनि यौन विचारहरू उत्पन्न हुन थाल्दछ, म अधिक एकाग्रता र अधिक गतिको साथ नाम जप गर्ने गर्दथेँ । मैले नुन पानीको नियमित उपचार पनि गर्न थाले । जब म दुर्बल हुन्थे र यौन विचार आउँदथ्यो, तब विशेषपुरमा म यी उपचारहरू गर्दथेँ ।  नुन पानीको उपचार पछि यौन विचारहरू पूर्ण रुपमा नरोकिए पनि अत्यधिक कम हुन्थ्यो । यो आश्चर्यजनक थियो ।  मैले जीवनमा पहिलो पटक महसुस गरे कि मसँग यौन विचारहरू विरुद्ध लड्न र तिनीहरूलाई नियन्त्रणमा राख्नको लागि अस्त्र पाएँ ।

निम्नलिखित सक्रिय छैटौँ इन्द्रियको साथ एसएसआरएफका  साधक सन्त अनुराधा वाडेकरद्वारा लुइसको उदाहरणको सूक्ष्म परीक्षणको विवरण तल दिइएको छ । जसरी हामीले स्थूल विश्व देख्न सक्छौँ त्यसरी नै उनले सूक्ष्म विश्व देख्न सक्छिन्। उनले व्यक्ति या लुइसको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त नगरी नै निम्न जानकारीहरू दिएकी छन्  ।

लुइसको सूक्ष्म-परीक्षण गर्ने समय वाडेकरले ग्रहण गरेको सूक्ष्म-ज्ञानमा आधारित चित्र निमअनुसार छ । लुइसको अत्यधिक यौन विचारहरूको पछाडिको कारण नकारात्मक शक्ति थियो  । उसले लुइसलाई मन पराएर किशोरावस्था देखिनै उसको वरिपरि थियो । सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा कसरी त्यस शक्ति ले उसको कालो ऊर्जाको माध्यमबाट लुइसको मनमा विचारहरू हाल्दथ्यो, यो देखाइएको छ ।

अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने


सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा नकारात्मक शक्तिले लुइसलाई अँगालो मारेको देखाइएको छ । सत् सेवा हेतु साधनाको रूपमा लुइस लेख लेख्नमा ध्यान केन्द्रित गर्न कोसिस गर्दै छन् । नकारात्मक शक्ति उँग यौन सम्बन्ध स्थापित गर्ने प्रयास गर्दै छिन् । त्यसैले लुइसको मनमा यौन विचारहरू राखिरहेकी छन् । लुइसको मनमा आइरहेको यौन विचारहरूले नकारात्मक शक्तिलाई लुइसको साथ यौन सुख अनुभव गर्न सम्भव भइरहेको छ ।

सूक्ष्म आयाममा भएको यस घटना बारे अनजान, लुइस अत्यधिक यौन विचारद्वारा विचलित हुन्थे । लुइस अत्यधिक यौन विचारहरूको अनुभव गर्दथे तर उसलाई लाग्दथ्यो की यो सबै मानसिक प्रकृतिको हो । उसले यस मनोभावबाट आफूलाई छुटाउन विभिन्न मनोवैज्ञानिक-मानसिक विधिहरू प्रयोग गरे तर उसलाई कुनै खास लाभ भएन, त्यसपछि उसले आध्यात्मिक उपचार विधिहरू अपनाएर अन्ततः यो समस्याबाट मुक्ति पाए ।

सूक्ष्म-ज्ञानमा आधारित माथिको रेखाचित्र बनाउने समय पूजनीय वाडेकर ले अनुभव गरेको कष्ट यस्तो छ। 'जब मैले लुईसको सूक्ष्म ज्ञानको आधारमा रेखाचित्र बनाउँदै थिए, मेरो टाउको भारी हुन थालो, घाँटी सङ्कुचित भयो र धेरै यौन विचारहरूले मन भरिन थालो । मलाई अनुभव गर्न सम्भव भयो कि लुइस कस्तो समस्याबाट गइरहेको छन् । पछि जब मैले आध्यात्मिक उपचार गरिरहेको समयको सूक्ष्म ज्ञानमा आधारित रेखाचित्र बनाइ रहेको थिए, तब मैले यस्तो महसुस गरे कि आध्यात्मिक उपचार ममाथि भइरहेको छ र मेरो कष्ट समाप्त भयो ।'

जब लुइसले साधनाको रूपमा ईश्वरको नाम जप गर्न सुरु गरे, नकारात्मक शक्तिद्वारा हुने आक्रमणबाट सुरक्षा प्राप्त हुन थाले । यसको नतिजा स्वरूप, लुइसमा  नकारात्मक शक्तिको प्रभाव कम भयो । यसले  नकारात्मक शक्ति क्रोधित भई उसले आफ्नो सबै शक्ति प्रयोग गरेर साधना गर्दा पनि यौन विचारहरूमा वृद्धि भएको देखियो ।  नकारात्मक शक्तिले लुइसको साधनामा अवरोधहरू खडा गर्ने प्रयास गरिन । साधनाको साथ लुइसलाई नुन पानीको आध्यात्मिक उपचार गर्न एसएसआरएफले सुझाव दिए ।  नुन पानीको आध्यात्मिक उपचारपछि नकारात्मक शक्ति  दुर्बल भयो  ।

अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने

जब लुइस दृढतापूर्वक सबै बाधाहरूलाई हटाएर नुन पानीको उपचार गर्न थाल्छन्,  नकारात्मक शक्तिले कष्टको अनुभव गरेर त्यहाँबाट जान्छिन् । सूक्ष्म-ज्ञानमा आधारित यो रेखाचित्रले लुइसलाई सताउने  नकारात्मक शक्तिमाथि नुन पानीको आध्यात्मिक उपचारको प्रभाव देखाउँदछ ।  नकारात्मक शक्ति र लुइसमा भएको कालो ऊर्जा नुन पानीमा तानिन्छ ।  नकारात्मक शक्ति आफ्नो कालो ऊर्जा नुन पानीमा तानिनबाट रोक्नको लागि एक फुट माथि जान्छे ।

मन ग्रसित बाध्यता विकार (Obsessive compulsive disorder)– अनावश्यक यौन विचारहरू
यदि तपाई लगातार अनावश्यक यौन विचारहरूले ग्रस्त हुनुहुन्छ (मन ग्रसित बाध्यता विकारको एउटा प्रकार हो) र तपाईँको सर्वोत्तम प्रयास बाबजुद पनि यौन विचारहरू माथि नियन्त्रण गर्न सक्नु हुँदैन भने यसको आध्यात्मिक कारण हुन्छ । यदि अत्यधिक यौन विचारको (OCD) कारण आध्यात्मिक हो भने, प्रायः मानिसहरूको लागि मुख्य कारण मृत पुर्खाहरूको लिंगदेह हुन्छन् ।

यो अनिष्ट शक्ति (नकारात्मक ऊर्जा) को कारणले पनि हुन सक्छ, र निम्न उपचारहरूले त्यसलाई हटाउन मद्दत गर्दछ । जब एउटा अनिष्ट शक्तिले एक व्यक्तिलाई अत्यधिक अनावश्यक यौन विचारहरू दिएर कष्ट दिन्छ, तब साधारणता कनिष्ठ श्रेणीको अनिष्ट शक्ति हुन्छ ।

टिप्पणी :

७०% भन्दा अधिक आध्यात्मिक स्तर भएको आध्यात्मिक दृष्टिले उन्नत व्यक्तिले मात्र यो बताउन सक्नु हुन्छ कि समस्याको मूल कारण सूक्ष्म-आयाममा छ अथवा शारीरिक एवं मानसिक स्तरमा ।

सक्रिय छैटौँ इन्द्रिय भएको व्यक्तिले केही हदसम्म बुझ्न सक्दछ कि समस्याको कारण सूक्ष्म आयाम (जस्तै भूत) बाट भएको हो या होइन ।

जसको छैटौँ इन्द्रिय सक्रिय छैन र जसलाई आध्यात्मिक रूपमा विकसित व्यक्ति भएको ठाउँमा जान पनि सम्भव छैन त्यस्ता मानिसहरूले बुद्धिको स्तरमा बुझ्न सक्छन् कि समस्याको कारण सूक्ष्म-आयाम (उदा. भूत आदि) ले भएको हो या होइन । सामान्यतः यदि यौन विचारहरू सबै पारम्परिक उपचार पश्चात् पनि नष्ट हुँदैन तब यो मान्न सकिन्छ कि विचारहरू आध्यात्मिक कारणले भएको हो ।  आध्यात्मिक कारणहरूमा, वर्तमान युगमा सम्भावित कारण अनिष्ट शक्ति बनेको मृत पुर्खाको सूक्ष्म देह हुन सक्छ । थप लाभ या दीर्घकालीन परिणामको लागि पारम्परिक उपचारहरूको साथ-साथै आध्यात्मिक उपचार गर्न सकिन्छ ।

अधिकांश व्यक्तिलाई भगवान् दत्तात्रय नाम जप गर्दा यौन विचारहरूको मात्रा कम गर्न मद्दत गर्दछ । यो नाम जप मृत पुर्खाको लिंगदेहहरुबाट सुरक्षा प्रदान गर्नमा सहायक हुन्छ । यो नाम जपको साथसाथै, स्वाधिष्ठान-चक्रमा न्यास गर्दा नाम जापको प्रभावकारिता बढ्दछ ।

साधकलाई साधनामा बधा पुर्‍याउन अनिष्ट शक्तिले यौन विचारहरू दिन्छ भने यसबाट छुटकारा पाउनको लागि भगवान् श्रीकृष्णको ‘।। ॐ नमो भगवते वासुदेवाय ।।’ यो नाम जप गर्नुपर्छ । जसले साधना गर्दैन उसले पनि यो नाम जप गर्न सक्छ ।

यहाँ पनि तपाईँले स्वाधिष्ठान चक्रमा न्यास गर्नु पर्ने हुन्छ । स्वाधिष्ठान क्षेत्र मा न्यास गर्दा, माथि दिएको नाम जप जबसम्म समस्याबाट छुटकारा प्राप्त हुँदैन तमसम्म प्रत्येक दिन धेरै भन्दा धेरै पटक दोहोराउनुहोस् । तपाईँको विचारहरूमा कमी नदेखे सम्म प्रति दिन कम्तीमा २-३ घण्टाको लागि उपचार जारी राख्नुहोस् । साथै धैर्य रहन पनि नबिर्सनुहोस् किनकि अनावश्यक यौन विचारहरू निम्त्याउने अनिष्ट शक्तिबाट छुटकारा पाउन दुई वर्ष सम्म लाग्न सक्दछ |

ईमेल : hjsnepal@gmail.com
Website: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)

एसएसआरएफ यी उदाहरणरतको अध्ययनबाट पाठकहरूलाई समस्याहरूको बारेमा केही दिशा प्रदान गर्ने उद्देश्यले प्रकाशित गर्दछ, जुन शारीरिक या मनोवैज्ञानिक स्तरमा प्रकट हुन्छ, तर जसको आध्यात्मिक आयाममा मूल कारण हुन्छ । एसएसआरएफले शारीरिक र मानसिक रोगहरूको उपचारको लागि पारम्परिक चिकित्सा उपचारलाई निरन्तरता दिँदै आध्यात्मिक उपचारको सल्लाह दिइन्छ । पाठकहरूलाई उनीहरूको विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचारको उपाय अपनाउन सल्लाह दिइन्छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ