arrow

नेता खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार शुरु

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
JN_khanal.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालको भारतमा उपचार सुरु भएको छ ।

खनालको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको हो । यसअघि खनाल चीन गएर उपचार गराएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि नेता खनाल भारतको दिल्ली जानुभएको उनको निजी सचिवालयले जनाएको छ ।

चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको सचिवालयले जनाएको छ । यद्यपी, खनाललाई भेट्न भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्य अस्पताल गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ