arrow

बुटवलमा ओली पक्षको जनसभाको तयारी पूरा,  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
KPoli-butwal.jpg

बुटवल । नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा जनसभाको तयारी पूरा भएको  छ ।

बुटवलको सिद्धेश्वर माविको प्रांङ्गणमा आयोजना गरिएको सभामा नेकपा ओली पक्षले दुईलाख समर्थक उतार्ने दाबी गर्दै आएको छ ।

नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाले एक लाख समर्थक सडकमा उतार्ने छ भने बाँकी ११ जिल्लाबाट प्रतिनिधिमूलक ढंगले थप एक लाख समर्थक बुटवलमा उतार्ने दाबी गरेको थियो ।

ओली पक्षले तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको फागुन १ गतेकै दिन पारेर बुटवलमा जनसभा गर्न लागेको हो । 

कार्यक्रममा जनयुद्धका पूर्व लडाकुहरुको समेत मार्चपास गराउने कार्यक्रम रहेको पार्टी स्रोतले बताएको छ । 

जनयुद्ध दिवसकै दिन पारेर ओली पक्षले बुटवलमा देशभरीका पूर्व लडाकुहरुको भेला समेत आह्वान गरेको छ । कार्यक्रमका लागि १ हजार बढी स्वयंसेवकहरु खटाइएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोपबहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ