arrow

हजारौं शहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने खतरा छ : प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
prachanda23.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन् ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सृजना भएको बताएका हुन् ।

पुस्तक प्रकाशनप्रति धन्यवाद व्यक्त गर्दै हजारौं शहिदको बलिदानपछि जारी भएको संविधान नै धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको उनको भनाइ थियो ।

युद्धकालीन समयमा योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा उनले नगरपालिका परिवारप्रति धन्यवाद ब्यक्त गरे ।

‘संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? हजारौं शहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको प्रचण्डको भनाइ थियो । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ