arrow

समाजवादी क्रान्तिको लागि अब सशस्त्र आन्दोलन आवश्यक छैन् : गृहमन्त्री

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
badal3.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अबको ध्यान समाजवादी क्रान्तिमा केन्द्रीत हुनुपर्ने बताएका छन् । थापाले समाजवादी क्रान्तिको लागि हतियार उठाउन आवश्यक नरहेको बताए ।

२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समाजवादी क्रान्तिको लागि अब सशस्त्र आन्दोलनबाट होइन शान्तिपूर्ण बाटोबाट अघि बढ्नुपर्ने बताए ।

जनताको हातमा राजनीतिक सत्ता प्राप्त भइसकेकाले समाजवादी कार्यक्रम लागु गर्ने क्रममा प्रतिक्रियावादीले अवरोध गर्न सक्ने भएकोले यसमा भने सतर्क रहनुपर्ने उनको भनाइ थियो ।

सशस्त्र संघर्ष र २०६२/०६३ को जनआन्दोलनको कारण नेपालमा संघीय गणतन्त्र स्थापना भएको थापाले स्मरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ