arrow

ओलीको चेतावनी : ‘मान्छे कति छन् ? भोटबाकस खन्याएर गनौं’

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
kp-butwal1.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड-नेपाल समूहलगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गरेका छन् ।

पार्टीको लुम्बिनी प्रदेश कमिटिद्वारा बुटवलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे ! ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको ?प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्यथा भए राजनीति पुनःअस्थिरता, पटक पटक समीकरण र मोलतोलको तहमा जाने र लोकतन्त्रको हुर्मत लिने अवस्थामा पुग्ने बताए ।

पार्टीको आधिकारिकता र चुनाव चिन्ह बहस गरिरहनु नपर्ने विषय भएको बताउँदै ओलीले आफूले अहिलेसम्म सूर्य चिन्हबाट मात्र चुनाव लडिरहेको पनि उल्लेख गरे ।

देशको अतिक्रमित भू-भाग समेटेर नक्सा प्रकाशन गर्ने र त्यसलाई संविधानको अंग बनाउने काम गरेपछि आफूलाई हटाउने चलखेल सुरु भएको पनि ओलीले उल्लेख गरे ।

‘गत वैशाखमामलाई हट्न भनियो, मैले सोधें किन ? जवाफ अरु छैन, मलाई प्रधानमन्त्री हुन मनलाग्यो मात्र । फेरि मलाई अध्यक्षबाट हट्न भनियो, मैले सोधें किन ? जवाफ आयो, म आफैं अध्यक्ष हुनुपर्‍यो । मैंले ‘प्रधानमन्त्री हुने भए चुनावसम्म र अध्यक्ष हुनेभए महाधिवेशनसम्म पर्खन भनें । भनियो, उधारो हुँदैन हाताहाती, नगद चाहिन्छ’, प्रधामन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको समेत बताए ।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्’, ओलीले भने ।

सरकारलाई काम गर्न नदिने तत्वहरुले नै पार्टीमा तगाराका रूपमा रहेको पनि ओलीले बताए । ‘ति हिजो पार्टी भित्रै बसेर सरकार विरुद्ध जथाभावी बोल्थे, आजबाहिर बोल्दैछन् । तिनले महान शुद्धिकरणका लागि ढोका खोलेका छन्’, उनले थपे ।

भएका कुरा देख्नै चाहेनन् 

सम्बोधनका क्रममा ओलीले करिब तीन वर्षअघि आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका दूरगामी प्रभाव राख्ने कार्यहरु आफूलाई हटाउन खोज्नहरुले देख्नै नचाहेको र स्वीकार्ने हिम्मतसमेत नगरेको पनि उल्लेख गरे ।

‘मुलुकमा प्रत्येक दिन पाँच किलोमिटरका दरले सडक कालोपत्रे भएको छ । धेरै विमानस्थलहरु रातमा पनि चल्ने भएका छन् । २०७८ साललाई सडक बालबालिका र सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने गरी काम भइरहेको छ । अहिले ६८ जिल्ला र पछि सबै ठाउँमा फोर जी सेवा पुग्दैछ’, उनको भनाई थियो । 

ओलीले अहिले नेपाल अन्तर्राष्ट्रियस्तरमै चिनिन र सुनिन समेत थालेको  समेत उल्लेख गर्दै भने, विश्वकै अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने जी-२० मुलुकको सम्मेलनमा नेपाललाई बोलाइयो र नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने अवसर दिइयो, त्यो सानो कुरा होइन’।

जनयुद्ध लडेकालाई रोजगारी र राजनीतिक नियुक्तिसम्म

ओलीले पुष्पकमल दाहाल प्रचण्डबाट १० वर्षसम्म जनता झुक्किएको बताउँदै अब यस्तो सम्भव नहुने समेत बताए । युवाहरुलाई अनेक सपना देखाएर शहिदको पंक्तिमा लामलाग्न भन्नुभयो, आजती सबै कस्तो हालतमा छन ?, उनले भने । साथै ओलीले जनयुद्ध लडेकालाई परिचपत्र, परिवारको एक सदस्यलाई रोजगारी र राजनीतिक नियुक्तिमा क्षमताअनुसार  प्राथमिकता दिइने समेत बताए  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ