arrow

मेस्सीको दुई गोलले बार्सिलोनाको फराकिलो जित

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
messi68.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले डेपोर्टिभो अलाभेसमाथि फराकिलो जित निकालेको हो । 

बार्सिलोनाको मैदानमा क्याम्प नाउमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै फ्रान्सिस्को ट्रिन्काओले पनि दुई गोल गरे । जुनियर फिर्पोले एक गोल जोडे । पराजित टिम अलाभेसका लागि लुइस रिओजाले सान्त्वना गोल गरे । 

अन्य खेलको नतिजा
ग्रानाडा १–२ एथलेटिको मड्रिड
सेभिया १–० हुएस्का
आइबर १–१ रियाल भल्लाडोलिड

अंक तालिका 
एथलेटिको मड्रिड उपाधिका लागि निकै नै तम्तयार देखिएको छ । लुइस सुवारेज रहेको टिमको २१ खेलबाट ५४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ । समान खेलबाट डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको पनि ४६ अंक नै छ । 

चौथो सेभियाको ४५ तथा पाँचौं भिल्लारियलको ३६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ