arrow

राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आयोगले बोलायो

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगको कार्यालयमा बोलाएको छ ।

आइतबार बिहान ११ः३० बजे दलका प्रतिनिधहरुलाई बोलाइएको आयोगले जनाएको छ । आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेकाले सो बारे छलफल गर्न लागेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरुलाई छलफलका लागि बोलाइएको हो । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेला सरकारले वैशाखमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ