arrow

'अपराधी सरकारकै सभामा नारा लगाइ रहेको भेटिन्छन्'

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
nsu-birodh.jpg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले बलात्कार पछि हत्या गरिएकी भागीरथी भट्टको न्यायका निम्ति दबाब मूलक विरोध प्रदर्शन गरेको छ । आइतबार केन्द्रीय उपाध्यक्ष तुलसा पन्तको संयोजनमा नेविसंघले बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नं ७ चडेपानीमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्यारा पत्ता लगाउन भन्दै काठमाडौँमा प्रदर्शन गरेको हो ।
 
अध्यक्ष राजीव ढुङ्गानाको उपस्थितिमा भएको प्रदर्शनमा पूर्व महामन्त्री प्रतिमा गौतम, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रेमिका राना खतिवडा, रुपा पोखरेल लगायतले हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए । विरोध प्रदर्शन पद्मकन्या क्याम्पस हुँदै पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो ।

 बारम्बार घटना दोहरिनु भनेको सरकारले अपराधीलाई संरक्षण गरेको कारण दोहोरिएको महामन्त्री दीपक भट्टराई बताए । उनले अपराधी सरकारकै सभामा नारा लगाइ रहेको भेटिने आरोप लगाए ।  उनले भने, 'यस्ता कुरामा सरकालाई मतलब छैन ठुलठुला आमसभा गर्दै छ त्यसैमा मस्त छ ।  सरकारले यति धेरै अपराधीलाई संरक्षण गरेको छ कि सरकाले आयोजना गरेको सबै सभा खचाखच छ । अपराधी खोज्न अन्त जानुपर्दैन । सरकारकै सभामा नारा लगाइ रहेको भेटिन्छन् ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ