arrow

संवैधानिक इजलासमा जवाफी बहस: ‘यो सरकार केपी ओलीको हो कि नेकपाको ?'

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
supreme.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकार र राजनीतिक दललाई इङ्गित गर्दै वकीलहरुलाई प्रश्न गरेका छन् ।

आइतबारदेखि शुरु भएको रिट निवेदकतर्फको जवाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा.दीनमणि पोखरेललाई सरकार कसको नेतृत्वको हो भनि प्रश्न गरे ।

इजलासमा राणालले सोधे, ‘अहिलेका प्रधानमन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? भनि पोखरेललाई प्रश्न गरे । जबाफमा पोखरेलले नेकपाको सरकार भएको उत्तर दिए ।

पोखरेलले प्रतिनिधिसभा विघटन गर्ने भए ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र अर्को सरकार गठन हुन नसके मात्रै त्यो अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था रहेको बताए ।

तर प्रधानन्यायाशीसले संविधानको धारा ७६ को उपधारा १ अनुसारको एकल बहुमतप्राप्त ठूलो दलको सरकार भएमा अर्को सरकार कसरी बन्न सक्छ ? भनी प्रश्न गरे । जवाफमा अधिवक्ता पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय संसदीय प्रक्रियामा मात्र थाहा हुने बताए ।

त्यस्तै न्यायाधीश तेजबहादुर केसीले प्रश्न थपे, ‘ओली भन्दा बहुमतको अर्को सरकार कसरी बन्छ त ? जवाफमा पोखरेलले न्यायाधीशहरुको बुझाइमा फरक परेको जिकिर गरे ।

बहसका क्रममा पोखरेलले, ‘श्रीमानहरु र हाम्रो बुझाइमा फरक परेको बताउँदै भने, ‘सरकार नेकपाको हो श्रीमान । केपी ओलीको विकल्प नै छैन भन्ने हुँदैन । संविधानले यो अवस्था कल्पना गर्न दिएको छैन । श्रीमानहरुले संविधानको ब्याख्या गर्ने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ