arrow

सोमबारको विरोध प्रदर्शनलाई प्रभावकारी बनाऔं : देउवा

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
sher-bdr-dauba.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर सोमबार (भोलि) हुने संसद् विघटन विरुद्धको देश व्यापी विरोध प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सबैमा अपिल गरेका छन् । 

कांग्रेस सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार ७७ वटै जिल्लामा हुने प्रदर्शनमा अघिल्ला प्रदर्शनहरूमा जस्तै उल्लेख्य सहभागिता जनाउने भनेका हुन् । 

‘भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्य समितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु,’ अपिलमा भनिएको छ । 

गत ५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरे यता कांग्रेसले सो को विरोधमा निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ । सोमबार हुने प्रदर्शन भने तेस्रो चरणको अन्तिम कार्यक्रम हो । 
 
प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक तथा अलोकतान्त्रिक भन्दै केन्द्रीय समिति बैठकबाटै आन्दोलनको कार्यक्रम घोषणा गर्दै आइरहेको छ । 

देउवाले अपिलमा अघिल्ला विरोध प्रदर्शनमा जस्तै लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा पनि व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न भनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ