arrow

रगतले पोतिएको कपडा लगाएर नेविसंघको प्रदर्शन

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
NSU1.jpg

काठमाडौं ।  बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरुको खोजी गरी कडा भन्दा कडा सजायको माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ ।

नेविसंघ केद्रिय समितिले बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि आइतबार बिहान भागरथीलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै  प्रदर्शन गरेको थियो ।

भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न नेविसंघले माग गरेको हो ।

कार्यक्रममा नेविसंघका सभापति राजीव ढुंगाना, महामन्त्री दिपक भट्टराई, नेतृ उर्मिला थपलियालगायतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष  ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे । 

प्रदर्शनमा सहभागी महिलाले सेतो कपडामा रगतले पोतिएको पहिरनमा बिरोध प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ