arrow

सरकारका तीन वर्षः प्रधानमन्त्रीले गफमात्रै गर्नुभयो –डा. शेखर कोइराला

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गफै गरेर तीन वर्षे कार्यकाल पूरा गरेको बताएका छन् । ओली सरकारको तीन वर्षे कार्यकाल सोमबार पुगेको सेरोफेरोमा बोल्दै डा. कोइरालाले ओलीले गफबाहेक केही पनि काम नगरेको बताए । 

उनले ओलीको कार्यकाल कस्तो भयो भन्ने बारेमा जनताले नै निर्णय गर्ने बताए । ओली सरकारले जनतालाई सपनामात्र बाँडेको कोइरालाको भनाइ छ । रेल ल्याउनेदेखि पानीजहाज चढ्नेसम्मका सपना देखाएर ओली सरकारले गफमात्र गरेको उनले बताए । 

उनले ओली सरकारका पालामा भ्रष्टाचार चरम रुपमा बढेको भन्दै यसको जालो हटाउनु पर्ने बताए । ओलीले वाइडबडी खरिद प्रकरण, ओम्नी समूह, यति होल्डिङ्स लगायतका भ्रष्टाचारमा ढाकछोप गरेको दाबी छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनललेसमेत ओली सरकार सबैभन्दा बढी भ्रष्ट भएको प्रतिवेदन दिनु नै यसको प्रमाण भएको डा. कोइरालाको दाबी छ । कोरोना भाइरसको महामारीका बेलामा समेत पनि सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले सरकार गैरजिम्मेवार भएको बताए । 

सरकारले असंवैधानिक भएर संसद विघटन गरेको भन्दै आफैले लेखेको संविधानमाथि कुठाराघात गरेको बताए । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा डा. कोइरालाले विकासका कुनै पनि नयाँ योजना यो सरकारले ल्याउन नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ