arrow

कांग्रेस युवा नेता शाहीलाई हृदयाघात, मध्यरातमा अप्रेशन, खतरामुक्त 

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
bhupendra-jung-shahi-congre.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई हृदयाघात भएको छ ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेस कालिकोटका नेता शाहीलाई आइतबार राति ११ बजे हृदयाघात भएको नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यले जानकारी दिए । 

राति ११ बजे हृदयाघात भएका शाहीलाई महाराजगञ्जस्थित मनमोहन अस्पतालमा लगेलगत्तै आइतबारै मध्यराति अप्रेशन भएको थियो । अप्रेशन सफल भएको र अहिले शाहीको स्थिति खतरामुक्त रहेको आचार्यले बताए । 

उनले भने, ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ, आईसीयूमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ