arrow

अमेरिकामा कोरोना भाइरसका सात नयाँ स्वरूप

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
coronavirus-nepal.jpg

काठमाडौं। बेलायत र दक्षिण अफ्रिकी नयाँ स्वरूपको कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेका बेला अमेरिकामा पनि नयाँ स्वरूपका ७ भाइस फेला परेका छन् ।नयाँ स्वरूपका यी भाइरस पनि बढी नै सङ्क्रामक हुनसक्ने विज्ञहरूको चिन्ता छ ।

आइतबार प्रकाशित एक अध्ययन अनुसार अमेरिकामै भेटिएका नयाँ स्वरूपका भाइरसले पनि बेलायती स्वरूपको भाइरस जसरी नै स्वरूप फेरेको पाइएको छ ।

यस कारण यी भाइरस पनि बढी सङ्क्रामक हुनसक्ने विज्ञहरूको चिन्ता छ । लुइसियाना स्टेट युनिभर्सिटी हेल्थ साइनसेसका भाइरोलोजिस्ट जेरेमि कामिलले यी स्वरूप पनि बढी सङ्क्रामक हुनसक्ने बताएका छन् ।

मानिसको शरीरमा भएको कोषमा प्रवेश गर्ने ठाउँमा नै भाइरसले स्वरूप परिवर्तन गरेका कारण बढी सङ्क्रामक हुनसक्ने आशङ्का गरिएको छ ।

कोरोना भाइरसको निरन्तर स्वरूप परिवर्तनले झनै विकराल स्थिति सिर्जना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ