arrow

सरकारका तीन वर्षका उपलब्धी सुनाउँदै ओलीले भने : उपलब्धी सन्तोषजनक छ (पूर्णपाठसहित)

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
KP-OLi.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षको उपलब्धीको फेहरिस्त सार्वजनिक गरेका छन्। सरकार गठन भएको आजबाट १ हजार ९३ दिन अर्थात् ३ बर्ष पूरा भएको अवसरमा सिंहदरबारमा प्रेस व्रिफिङ गर्दै आफ्नो उपलब्धीहरु सुनाएका हुन्।

सरकार गठन भएदेखि नै विभिन्न व्यवधानहरु सहनुपरेको उल्लेख गर्दै ओलीले सरकार सञ्चालनमा केही अप्ठ्याराहरुको सामना गर्दै प्रशस्त उपलब्धीहरु हासिल गरेको दाबी गरे।

सरकारको पहिलो बर्षको कार्यभारलाई ‘राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधारबर्ष’मानेको बताउँदै ओलीले संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सफल भएको दाबी गरे।

प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘तीन बर्ष पछि आज फर्केर हेर्दा, हामीले सन्तोषजनक उपलब्धि हासिल गरेका छौं । संविधान कार्यान्वनका लागि आवश्यक नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाहरु तयार गरेका छौं।’

उपलब्धीहरु सुनाउँदै ओलीले भने, प्रस्तुत कामको फेहरिस्त हामीले गरेका सम्पूर्ण कामको विवरण होइन, मोटामोटी जानकारी मात्रै हो’ उनले भने, प्राप्त उपलब्धिहरुको आधारमा पनि नेपाल बन्छ र बनाउन सकिन्छ भन्ने मेरो आत्मवल अझै दृढ छ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ